काठमाडौं । शिखर इन्स्योरेन्सले विक्री नभएको ७७ हजार कित्ता हकप्रद शेयर लिलामी गर्ने भएको छ । कम्पनीले चैत १ गतेदेखि चैत २१ गतेसम्म जारी गरेको हकप्रद शेयर विक्री भइनसकेकाले लिलामी बाट विक्री गर्न लागेको हो ।
कम्पनीले हकप्रद जारी गर्दा सर्वसाधारण समुह तर्फको विक्री नभएको ७७ हजार ७ सय २० कित्ता शेयर लिलामीमा विक्रीगर्न लागेको छ । उक्त शेयर खरिदका लागि वैशाख १९ गतेदेखि २६ गतेसम्ममा गोप्य शिलबन्दी बोलपत्र आवेलन पेश गनुपर्ने छ ।
सो शेयरको न्युनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो भन्दा बढि के कतिमा खरिद गर्न चाहानु भएमा सो को विवरण खुलाई एनआईबीएल एस क्यापिटलको शाखा कार्यलयहरुमा र नेपाल इन्भेष्टमेन्ट बैंकको शाखाकार्यलयहरुमा आवेदन दिन सक्नेछन् ।