images
images

स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता सुरु


  • 519
    SHARES
  • २०७९ बैशाख ११ गते आइतबार

    स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता सुरु

    काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनका लागि आज र भोली देशभरी उम्मेदवारी दर्ता सुरु गरेको छ ।  आयोगले उम्मेदवारी दर्ताका लागि विहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय छुट्याएको छ । 

    देशभरी रहेको ७ सय ५३ स्थानीय तहमध्ये ६ वटा महानगर, ११ वटा उपमहानगर २ सय ७६ नगरपालीका, ४ सय ६० वटा गाँउपालीकाको प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्य गरेर कुल ३५ हजार २ सय २१ पदका लागि उम्मेदवारी दर्ता हुन लागेको छ । 

    आयोगले आज र भोलीसम्म दर्ता भएका उम्मेदवारीहरुमा कसैलाई असन्तुष्ट भएमा दाबी विरोध उजुरी जनाउनका लागि वैशाख १३ गतेको समय दिईएको छ । यदी सो समयमा दाबी विरोध उजुरी आएमा वैशाख १४ र १५ गते उक्त उजुरीप्रति जाँचबुझ गरेर १७ गते उम्मेलवारलाई निर्वाचनको चिन्ह प्रदान गर्ने भएको छ । 

    स्थानीय तहको निर्वाचनमा १ करोढ ७९ लाख मतदाता रहने आयोगले जनाएको छ । आयोगका अनुसार यो पटक स्थानिय तहको निर्वाचन दैशभरी एकै चरणमा गरिने भएको छ । 


    images
    images

    Logo