काठमाडौं । रिभर फल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आज साँझ ५ बजेसम्म आवेदन दिन सकिन्छ ।
कम्पनीले चैत २७ गते देखि आयोजना प्रभावित जिल्ला संखुवासभाको लागि छुट्याएको ७ लाख कित्ता शेयर जारी गरेको थियो । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्।
उक्त आईपीओ स्थानीयवासीका लागि जारी भएको शेयर बाँडफाँट सकिएपछि मात्रै सर्वसाधारणलाई शेयर जारी हुनेछ ।
उक्त आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।