images
images

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ आजदेखि


  • 570
    SHARES
  • २०७९ बैशाख ११ गते आइतबार

    बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ आजदेखि

    काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न भएको हो। 

    कम्पनीले सर्वसाधारण शेयरधनीका लागि १० लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ ।निष्काशन गरिने शेयर मध्ये आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं. ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९का स्थानिय बासिन्दाहरुका लागि ७ लाख कित्ता शेयर सुरक्षित गरीएको छ । 

    बाँकी रहेको ३ लाख कित्ता शेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानिय बासिन्दाहरुका लागि कम्पनीले आईपीओ विक्री गर्न लागेको छ । 

    उक्त आईपीओमा छिटोमा बैशाख २५ गते र ढिलोमा जेठ ९ गतेसम्म आवेदन दिन सकिनेछ। सो आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
    यो अवधिमा शेयर बिक्री नभए  शेयर सर्वसाधारण शेयरधनीलाई थप गरेर बिक्री गरिने कम्पनीले जनाइएको छ । 

    उक्त आईपीओको विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।


    images
    images

    Logo