काठमाडौं । पुँजी बजार लामो समयदेखि गिरावट क्रममा रहेको छ । यस साता पनि ८९.७९ अंकले घटेर २ हजार ३ सय २५ दशमलव ४५ विन्दुमा बन्द भएको छ । तर अन्तिम समयमा केही सुधार भएर २३ सय विन्दुमाथि गएर अडिएको छ । ३२ सय विन्दुको आसपासमा पुगेको बजार आहिले घटेर २३ सय विन्दु आइपुगेको छ । यस साताको बजार पुँजीकरण ३३ खर्ब रुपैयाँमा सिमित भएको छ ।
यो साता ५ दिन कारोवार भएकोमा ३ दिन शेयर बजारमा गिरावट आएको छ भने २ दिन शेयर बजारमामा सामान्य अंकले वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २९.६० अंकले घटेर २ हजार ३ सय ८५ दशमलव ६४ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोवार भएको हो ।
त्यस्तै सोमबार नेप्से परिसूचक ४१.७७ अंक घटेर २ हजार ३ सय ४३ दशमलव ८७ विन्दुमा झरेको थियो ।यस दिन १ अर्ब ५३ करोड ६ लाख ९२ हजार रुपैयाँ बराबरको कारोवार भएको थियो । मंगलबार नेप्से परिसूचक १३.३७ अंकले बढेर २ हजार ३ सय ५७ दशमलव२४ विन्दुमा माथि पुगेको थियो ।सो दिन १ अर्ब ३२ करोड ६८ रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो ।
मंगलबार नेप्से सामान्य अंकले बढे सुधारिएको शेयर बजार बुधबार फेरि ३६.७३ अंक घटेर २ हजार ३ सय २० दशमलव ५१ विन्दुमा पुगेको थियो । यस दिन १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो । साताको अन्तिम दिन बिहीबार नेप्से ४.९४ अंक बढेर २ हजार ३ सय २५ दशमलव ४५ बिन्दुमा झरेको छ। सो दिन १ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोवार भएको थियो ।



