images
images

वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔँः मन्त्री पौडेलमन्त्री पौडेल


  • 377
    SHARES
  • २०७९ बैशाख ९ गते शुक्रबार

    वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔँः मन्त्री पौडेलमन्त्री पौडेल

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताएका छन् । 

    विद्युतीय सवारी साधनसम्बन्धी अन्तक्र्रियामा उहाँले वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको हो । पेट्रोलियम पदार्थको विश्वव्यापी बढ्दो उपभोग र आकासिँदै गएको मूल्यले देशको मुद्रा बाहिरिएको भन्दै विद्युतीय सवारीको प्रयोगलाई बढावा दिनुपर्ने बताए । 

    “यातायात क्षेत्रमा प्रयोग हुने खनिज इन्धनबाट हुने मुद्रा बहिर्गमन, वैदेशिक निर्भरता, वातावरण प्रदूषण विश्वमा भएको जलवायु परिर्वतनको सन्दर्भमा विश्व उष्णीकरण, हरित ग्यास तथा हानिकारककणजन्य तत्वको उत्र्सजन गर्ने विषयजस्ता कार्यमा यातायात क्षेत्रबाट वातावरणमा उत्पन्न हुने नकरात्मक असरलाई न्यूनीकरण गर्दै हरित विकास गर्नुपर्ने अवश्यकता छ”, उनले भने ।  

    मन्त्री पौडेलले अनसन्धानलाई प्रोत्साहन गर्ने गरी मन्त्रालय अघि बढेको बताउँदै अप्ठ्यारो परेका बेला गाँठो फुकाउने आश्वासन दिनुभयो । उनले देशमा वायु प्रदूषण बढिरहेको बताउँदै प्रदूषण नियन्त्रण गर्ने गरी काम गर्न अनुसन्धानकर्तालाई आग्रह गरे । 

    “पेट्रालियम पदार्थको मूल्यवृद्धि र वायु प्रदूषण दिनप्रतिदिन बढिरहेको छ”, मन्त्री पौडेलले भने, “अहिलको अवस्थालाई मध्यनजर गर्दै विद्युतीय सवारीको प्रयोगलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ ।”


    images
    images

    Logo