images
images

आइएमई जनरल इस्योरेन्सको २४ औँ बाषिक साधारण सभा सम्पन्न


  • 518
    SHARES
  • २०७९ बैशाख ९ गते शुक्रबार

    आइएमई जनरल इस्योरेन्सको २४ औँ बाषिक साधारण सभा सम्पन्न

    काठमाडौं । आइएमई जनरल इस्योरेन्सको २४ औ बाषिक साधारण सभा मिति २०७९ साल बैशाख ९ गते शुक्रबार सम्पन्न भएको छ ।  सभामा सम्पूर्ण सेयरधनीलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ–नयाँ सेवाहरुसहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए ।

    यसका साथै साधारण सभाले सेयरधनीहरुलाई वितरण गर्न भनी प्रस्ताव गरिएको आर्थिक वर्ष २०७७/७८ का वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश पारित गरेको छ।

    कम्पनीले प्रस्तावित लाभांसमा चुक्तापुँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको ७ प्रतिशतले हुन आउने ८ करोड १० लाख ३१ हजार २० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशतले हुन आउने ४२ लाख ६४ हजार ७ सय ९०दशमलव ५३ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ। सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी २ अर्ब २० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गरेको छ।

     


    images
    images

    Logo