images
images

पेप्सीकोलामा मोटरसाइकल दुघटना हुँदा १ जनाको मृत्यु


  • 474
    SHARES
  • २०७९ बैशाख ९ गते शुक्रबार

    पेप्सीकोलामा मोटरसाइकल दुघटना हुँदा १ जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको पेप्सीकोलामा बिहीबार राति रोकिराखेको जीपमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्युु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोट घर भइ कोटेश्वर बस्ने २० बर्षीय धर्मेन्द बम रहेका छन् । 

    गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  घाइते भएका मोटरसाइकलमा पछाडी सवार कैलालीका १८ वर्षीय जगदीश शाहीको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ । 

    जडिबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल गएराती पौने १० बजे सडक छेउमा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जिपमा ठोक्किएको थियो । जिप चालकलाई प्रहरीले काँडाघारीले नियन्त्रणमा लिएको छ । 


    images
    images

    Logo