images
images

उपकार लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न, लक्की नम्बर ६ र ८


  • 477
    SHARES
  • २०७९ बैशाख ९ गते शुक्रबार

    उपकार लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न, लक्की नम्बर ६ र ८

    काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तको आईपीओ आज शुक्रबार बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, हात्तिसार, काठमाडौंमा बाँडफाँट सम्पन्न भएको छ।

    लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा २२ हजार १ सय १५ जनाले मात्रै पाएका छन् । १० कित्ताका दरले बाँडफाँट गर्दा ६ कित्ता बाँकी रहन्छन् । बाँकी रहेका ६ कित्ता थप गरेर ६ जना आवेदकलाई ११ कित्ताका दरले दिईएको छ । लघुवित्तको आईपीओमा आवेदन दिएका बाँकी लगानीकर्ताको हात रित्तो भएको छ । 

    लघुवित्तले चैत २५ गते, शुक्रबारदेखि चैत्र ३० गते बुधबारसम्म सर्वसाधारण लगानीकर्ताका लागि चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । 

    लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्य दरका २ लाख ३६ हजार २ सय५० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २ सय ८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ११ हजार ८ सय १३ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २ लाख २१ हजार १ सय ५६ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको थियो ।

    बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको वेभसाइट, सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट र लघुवित्तको वेबसाइट https://www.ulbsl.com.np/ बाट हेर्न सकिने छ ।

     


    images
    images

    Logo