images
images

३ कम्पनीको साधारणसभा आज, कस्ले कति दिँदैछन् लाभांश ?


  • 598
    SHARES
  • २०७९ बैशाख ९ गते शुक्रबार

    ३ कम्पनीको साधारणसभा आज, कस्ले कति दिँदैछन् लाभांश ?

    काठमाडौं । आज ३ वटा कम्पनीको साधारणसभा हुँदैछ । शुक्रबार आईएमई जनरल इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र गरिमा क्यापिटलले साधारण सभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेका कम्पनीमा आईएमई जनरलले गत आर्थिक वर्ष २०७७\७८ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । लैनचौर काठमाडौं, लैनचौर काठमाडौंमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ । 

    त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सले लगानीकर्ताको हात खाली बनाएको छ । यसले लगानीकर्तालाई कुनै लाभांश दिएको छैन । कम्पनीको सभा दिउँसो ४ बजे बजे हायात प्यालेस,रेडक्रस रोड, ताहाचल बस्ने गरि सभा बोलाएको छ ।

    त्यसैगरि, गरिमा क्यापिटलले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट  १५.६५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठमा काठमाडौंमा दिउँसो २ बजे बस्नेगरि सभा बोलाएको छ ।


    images
    images

    Logo