काठमाडौं । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् ।बैंकिङ कसूर सम्बन्धी एक मुद्दामा उनलाई काठमाडौं प्रहरी चन्द्रगिरिबाट पक्राउ गरेको हो ।
उनले ६८ लाख रुपैयाँ बराबरको चेक बाउन्स गरेको जाहेरीका आधारमा प्रक्राउ गरिएको हो ।