images
images

अन्तिम घण्टाको सुधारले थामियो शेयर बजारको गिरावट


  • 615
    SHARES
  • २०७९ बैशाख ८ गते बिहीबार

    अन्तिम घण्टाको सुधारले थामियो शेयर बजारको गिरावट

    काठमाडौं । अन्तिम समयमा ४५ अंकले बढ्दा शेयर बजार परिसूचक नेप्से गिरावटबाट जोगिएको छ । साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक (नेप्से) ४.९४ अंकले बढेको हो । योसँगै परिसूचक २ हजार ३ सय २५ विन्दुमा अडिएको छ । आज बजारमा १ अर्ब ६२ करोड रुपैयाँको शेयर कारोबार भयो । 

    झिनो अंकले बढेको आजको बजारमा होटल टुरिजम र अन्य क्षेत्रको परिसूचकमा उच्च वृद्धि देखिँदा अन्य परिसूचक सामान्य उचारचढाव देखिएको छ । आज १०० वटा कम्पनीको मूल्य बढ्दा ८६ कम्पनीको मूल्य घटेको छ । बाँकी १० कम्पनीको मूल्य बराबर रहेको छ ।  

    आजको बजार उचारचढावबीच नै बित्यो । कारोबार सुरु भएदेखि घट्न सुरु भएको बजार पौने घण्टापछि बढ्न सुरु गरेको थियो । तर, केही अंकको सुधारपछि बजार घटेर २ हजार २ सयको लाइनमा झरेको थियो । अन्तिम घण्टामा भने बजारले सुधारको बाटो लियो । सो अवधिमा बजार ४५ अंकले बढ्दा दिनभरको गिरावटलाई थाम्न सफल भएको थियो । 


    images
    images

    Logo