काडमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ निष्काशनको लागि नेपाल धिताेपत्र बाेर्डकाे अनुमति पाएको छ । बुधबार कम्पनीले आईपीओ निष्काशनको लागि बाेर्डबाट अनुमति पाएको हो ।
सो कम्पनीले ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित, स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।