images
images

ट्राफिक प्रहरीद्वारा ३९ लाख राजस्व सङ्कलन


  • 348
    SHARES
  • २०७९ बैशाख ८ गते बिहीबार

    ट्राफिक प्रहरीद्वारा ३९ लाख राजस्व सङ्कलन

    काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनाको अवधिमा ३९ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक निमय उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्दा सो राजश्व सङ्कलन भएको हो । 

    विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा पाँच हजार ४सय १ सवारी साधनका चालकलाई कारबाही गरेको थियो । साउनमा  दुई लाख ६३ हजार, भदौमा  चार लाख ४४ हजार, असोजमा ४ लाख सात हजार, कात्तिकमा  ६ लाख ५३ हजार, मङ्सिरमा ७ लाख दश हजार, पुसमा ३ लाख ७८ हजार, माघमा  ३ लाख ७९ हजार, फागुनमा ३ लाख ६३ हजार र चैतमा ३ लाख २४ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दलबहादुर खत्रीले जानकारी दिए । 

    ट्राफिक प्रहरीका अनुसार सवारीचालक अनुमतिपत्र नलिएका, साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, स्वरुप परिवर्तन, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, सिटबेल्ट र चालक पोसाक प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो । 

    यस्तै जिल्लामा नौ महिनाको अवधिमा १९ सवारीसाधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विभिन्न समयमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । अधिकांश सवारी साधन ट्राफिक नियमविपरीत चलाउँदा दुर्घटनामा परेको पाइएको खत्रीले बताए । 


    images
    images

    Logo