काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ३६.७३ अंकले घटेको छ । बजार खुलेदेखि ओरालो लागेको परिसूचक २ हजार ३ सय २० दशमलव ५१ बिन्दुमा पुगेर रोकिएको छ।
आज कारोवारमा आएका २ सय २८ कम्पनीको १ अर्ब ४५ करोड रुपैयाँ बराबरको ३२ लाख ७० हजार कित्ता शेयर किनबेच भएको छ । आज कारोवारमा आएका ९ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ८३ कम्पनीको शेयर मुल्य घटेको छ । आज कामरोवारमा आएका १३ परिसुचकको समुहमध्ये आज सबै समूह घटेका छन् । बुधबार सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ ।
आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको १४ करोड १९ लाख ४ सय ७९ रूपैयाँको कारोबार भएको हो । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र सिद्धार्थ बैंक परेका छन् । आज २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । जालपा समुदायिक लघुवित्त र ग्री भेन्चर लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।



