काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । आज छापावाला सुनको प्रतितोला १ लाख ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य १ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोलामा १ लाख १ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य ३५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।