images
images

उपकार लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँट हुँदै


  • 444
    SHARES
  • २०७९ बैशाख ७ गते बुधबार

    उपकार लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँट हुँदै

    काठमाडौं । उपकार लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान ८ बजे हात्तिसार काठमाडौंमा आईपीओ बाँडफाँट गर्न लागेको हो ।  

    सो आईपीओमा माग भन्दा  १२४.६४ गुणा बढी आवेदन परेको छ । चैत २५ गते देखि ३० गतेसम्म निष्काशन भएको आईपीओमा  २४ लाख ३१ हजार १ सय ७० जनाले २ करोड ७५ लाख ५६ हजार २ सय ३० कित्ताका लागि आवेदन दिएका छन् ।जसमध्ये गोलाप्रथाबाट आइपीओ बाँडफाँट गर्दा २२ हजार ११५ जनाले मात्र उक्त शेयर पायने भएका छन् । 

    कम्पनीले कुल २ लाख ३६ हजार २ सय ५० कित्ता आईपीओ निष्काहन गरेको थियो । जसमध्ये  ११ हजार ८ सय १३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २ सय ८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २ लाख २१ हजार १ सय ५६ कित्ताका लागि सर्वसाधारणले खुला गरिएको थियो।


    images
    images

    Logo