images
images

लक्ष्मी बैंकको खुद व्याज आम्दानी बढेपनि ३३ प्रतिशतले घट्यो नाफा


  • 490
    SHARES
  • २०७९ बैशाख ७ गते बुधबार

    लक्ष्मी बैंकको खुद व्याज आम्दानी बढेपनि ३३ प्रतिशतले घट्यो नाफा

    काठमाडौं । लक्ष्मी बैंकको नाफा ३३.३१ प्रतिशतले घटेको छ । बैंकले जारी गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म बैंकले ८५ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ । गत बर्षको यसै अवधिमा बैंकको १ अर्ब २८ करोड रुपैयाँ नाफा कमाएको थियो ।  एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन नाफा घट्दा नाफामा प्रभावित भएको हो ।  

    खुद ब्याज आम्दानी भने ८.६३ प्रतिशतले बढेर २ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ३०.१५ प्रतिशतले घटेर १ अर्ब २६ करोड ६७ लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोहीअवधिमा यसले १ अर्ब ८१ करोड ३४ लाख ९४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । 

    प्रतिसेयर आम्दानी ६ रुपैयाँ १५ पैसाले घटेर ९ रुपैयाँ ९१ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १ सय ४१ रुपैयाँ ८९ पैसा छ ।  


    images
    images

    Logo