काठमाडौं । एनआईशी एशिया बैंकको नाफा २० प्रतिशत बढेको छ । बैंकले जारी गरेको विवरण अनुसार चैत मसान्तसम्म बैंकले ३ अर्ब ६० करोड नाफा कमाएको हो ।
एनआईशी एशिया बैंकले कमाएको यो नाफा अघिल्लो वर्षको भन्दा २० प्रतिशत बढी हो । अघिल्लो वर्ष यस्तो नाफा ३ अर्ब रुपैयाँ रहेको थियो ।
बैंकले यो अवधिमा व्यवसाय विस्तारमा धने संयमता अपनाएको छ । यसअघि आक्रामक बजार विस्तार गर्दै आएको बैंकले यो वर्ष निक्षेपमा ९ अर्ब विस्तार गरेर २ खर्ब ९६ अर्ब पुर्याएको छ भने कर्जा लगानी ९ अर्ब रुपैयाँले नै बढाएर २ अर्ब ५७ अर्ब पुर्याएको छ ।
बैंकले कमाएको यो नाफा प्रतिशेयर ४१.९४ रुपैयाँ हो । यो वर्ष लाभांश दिन नपाएका कारण बैंकको इपीएस धेरै देखिएको हो । बैंकको आधारदर ६.७७ प्रतिशतबाट बढेर ९.३९ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा अनुपात सामान्य बढेको छ ।



