काठमाडौं । नेपाल स्टक एक्सेञ्चेज (नेप्से) १३.३७ बढ्दा २ हजार ३ सय ५७ दशमलव २४ मा पुगेको छ । आज २ सय २४ कम्पनीको १ अर्ब ३२ करोड बराबरको ३२ लाख १३ हजार कित्ता शेयर किनबेच भएको छ । आज १ सय ५० कम्पनीको शेयर मुल्य बढेको छ भने ५१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज कारोवारमा आएका १३ समुहक परिसुचक १३ समुहको शेयर मुल्य बढेको छ । आज २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । नेष्डा समृद्ध लघुवित्त र ग्री भेन्चरको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो ।