काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले साधारण शेयर (आईपीओ) जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । लघुवित्तले चैत ३० गते आईपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएको थियो ।
अभियान लघुवित्तले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । उक्त आईपीओको विक्री प्रबन्धकमा लघुवित्तले मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।