काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १८ निजीवन बीमा कम्पनीमध्ये १२ वटा कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश दिएका छन् ।
आर्थिक वर्ष २०७६/७७ को नाफबाट लाभांश घोषणा गर्नेमा एभरेष्ट इस्योरेन्स, हिमालयन जनरल इस्योरेन्स, प्रेन्डेन्सियल इस्योरेन्स, आइएमई जनरल इस्योरेन्स, लुम्विनी जनरल इस्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेपाल इस्योरेन्स कम्पनी, प्रभु इस्योरेन्स कम्पनी, प्रिमियम इस्योरेन्स, सिद्धार्थ इस्योरेन्स, नेको इस्योरेन्स र सगरमाथा इस्योरेन्स रहेका छन् ।
लाभांश घोषणा गरेकामध्ये सगरमाथा इस्योरेन्स, नेपाल इस्योरेन्स र लम्विनी जनरल इस्योरेन्स भने साधारण सभा तथा बुक क्लोजको मिति तय गरेका छैनन् । सगरमाथा इस्योरेन्सले शेयररधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनश र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
नेपाल इस्योरेन्सले कम्पनीले आफ्ना शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनश र०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लुम्विनी जनरल इस्योरेन्सले आफ्ना शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ९.५२३८ प्रतिशत बोनश र०.४७६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, एभरेष्ट इस्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट हाल कायम भएको चुक्ता पुँजीको ६ प्रतिशत बोनश र ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको बुक्क क्लोज र साधारण सभा भने हुन बाँकी छ ।
हिमालयन जनरल इस्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट हाल कायम भएको चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनश र ०.३५प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको फागुन ३० गते सम्पन्न २८ औँ वार्षिक साधारण सभाले उक्त प्रस्ताव लाभांश पारित गरेको हो । त्यस्तै, प्रेन्डेन्सियल इस्योरेन्सले गत आर्थिक वर्षको चुक्ता पुँजीको ७ प्रतिशत बोनश र ०.३६८प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
आइएमई जनरल इस्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट हाल कायम भएको चुक्ता पुँजीको ७ प्रतिशत बोनश र ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यस कम्पनीको २४ औँ वाषिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गर्ने छ ।
एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट हाल कायम भएको चुक्ता पुँजीको १० प्रतिशत बोनश र ०.५२२६प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले उक्त प्रस्तावित लाभांश चैत १७ गते बसेको १६ औँ वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । त्यस्तै, प्रभु इस्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट हाल कायम भएको चुक्ता पुँजीको ११ प्रतिशत बोनश र ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले उक्त प्रस्तावित लाभांश चैत ३० गते बसेको २६ औँ वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ ।
प्रिमियम इस्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट हाल कायम भएकोचुक्ता पुँजीको १४.२५ प्रतिशत बोनश र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।यस कम्पनीले २८ औँ वाषिक साधारण सभा गरि उक्त प्रस्ताववित लाभांश पारित गरिसकेको छ भने यसको बोनस शेयर नेप्सेमा सुचीकृत समेत भइसकेको छ ।
सिद्धार्थ इस्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट हाल कायम भएको चुक्ता पुँजीको १५ प्रतिशत बोनश र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।यस कम्पनीले २० औँ वाषिक साधारण सभा गरि उक्त प्रस्ताववित लाभांश पारित भइसकेको छ । नेको इस्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट हाल कायम भएको चुक्ता पुँजीको १५ प्रतिशत बोनश र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।यस कम्पनीले २६औँ वाषिक साधारण सभा गरि उक्त प्रस्ताववित लाभांश पारित भइसकेको छ ।



