काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । सो प्रस्ताव बीमा समितिले स्वीकृत गरेको छ ।
उक्त लाभांश कम्पनीले वैशाख २८ गते आह्वान गरेको वार्षिक साधारण सभाबाट पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।