काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आज साँझ ५ बजेसम्म आवेदन दिन सकिन्छ ।
लघुवित्तले वैशाख २ गतेदेखि सर्वसाधारणलाई ३ लाख ९५ हजार ३ सय ३६ कित्ता शेयर जारी गरेको थियो । जसमध्ये ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र १९ हजार ७ सय ६६ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याएर बाँकी रहेको ३ लाख ६९ हजार ४ सय ८८ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्ने भएको छ ।
उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सो आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।



