images
images

विमानस्थलमा देखिएको समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन


  • 352
    SHARES
  • २०७९ बैशाख ५ गते सोमबार

    विमानस्थलमा देखिएको समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडों । गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

    गृहमन्त्री खाणले आज गृह मन्त्रालयमा सम्बन्धित निकायका प्रमुखलाई बोलाएर विमानस्थलमा देखिएका समस्या तत्काल समाधान गर्ने निर्देशन दिनुभएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

    मन्त्री खाणले अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, विमानस्थलका प्राविधिक सुरक्षा प्रमुख टेकनाथ सिटौला तथा कर्पोरेट प्रमुख महेन्द्र खनाललाई बोलाएर उक्त निर्देशन दिएका हुन् ।

    “मन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्याबारे जानकारी लिँदै तत्काल सुधार्न निर्देशन दिनुभएको छ”, प्रवक्ता पोखरेलले भने ।  

    गृहमन्त्री खाणले विमानस्थलमा रहेका काउन्टरमा भिडभाड हुन नदिन आवश्यक व्यवस्था मिलाउनका साथै विमानस्थलभित्र रहेका बैंकका एटिएम मेसिन बिग्रिएको भन्दै यात्रुको गुनासो आएको भन्दै तत्काल समस्या समाधानका लागि निर्देशन दिएका छन् ।

    तत्काल अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स–रे मेसिन जडान गरेर उपलब्ध गराउने सेवालाई सहज बनाउन पनि उहाँले निर्देशन दिनुभएको प्रवक्ता पोखरेलले बताए । 

    बैठकमा गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका प्रवक्ता  पोखरेल, कर्मचारी प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीको समेत सहभागिता थियो । 


    images
    images

    Logo