काठमाडौं । राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) कारोवार समयअवधि संशोधन गरेको छ । केन्दीय बैंकको भुक्तानी प्रणाली बिभागले सुचना जारी गर्दै आरटीजीएस कारोवार समयावधि संशोधन गरिएको जानकारी गराएको हो । आरटीजीएस सिस्टम रुल २०१९ को अनुसुचि ६ मा संशोधन गरेको हो ।
अब संशोधित समयवधि अनुसार गर्न गराउन आरटीजीएस प्रणालीमा आवद्ध संस्थाहरुलाई केन्दीय बैंकले निर्देशन दिएको हो । बैंकले गर्मीयाम, जाडोयाम र शुक्रबारका लागि आरटीजीएस कारोवार समयवधि संशोधन गर्दै तालिका सार्वजनिक गरेको हो । सोहीअनुसार आवद्ध भएका सम्पुर्ण संस्थाहरुले कारोवार गर्नुपर्ने छ ।