काठमाडौं ।दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ वैशाख १३ गतेदेखि आउने भएको छ । सो जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि १० लाख ५४ हजार २ सय ६० कित्ता आईपीओ जारी गर्न लागेको हो ।
उक्त शेयर आयोजना प्रभावित क्षेत्र लमजुङ् जिल्लाको दोर्दाी गाउँपालिकाका वासिन्दाहरु भारते, अर्चलबोट, श्रीभन्ज्याङ्, नौथर पाचोक, ढोडेनी, फलेनी, बन्सार, हिलेटक्सार ( १ देखि ८ गावीसका) वासिन्दाहरुका लागि सो शेयर निष्कासन गरिएको हो ।
यसका लागि छिटोमा वैशाख २७ र ढिलोमा जेठ ११ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ । सो आईपीओको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । साे आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ। यो अवधिमा शेयर बिक्री नभए बिक्री नभएको शेयर सर्वसाधारण शेयरधनीलाई थप गरेर बिक्री गरिने कम्पनीले जनाएकाे छ ।



