images
images

आईपिओ जारी गर्नका लागि ३ कम्पनी बोर्डको पाइपलाइनमा


  • 414
    SHARES
  • २०७९ बैशाख ४ गते आइतबार

    आईपिओ जारी गर्नका लागि ३ कम्पनी बोर्डको पाइपलाइनमा

    काठमाडौं ।  ३ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको पाइपलाईनमा रहेका छन् ।  हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, कालिञ्चोक दर्शन र सिटी होटल लिमिटेड साधारण सेयर (आईपीओ) जारी गर्ने  लागि सेबोनमा आवेदन दिएका छन् । 

    कालिञ्चोक दर्शनले कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्न चैत्र २५ गते सेबोनमा निवेदन दिएको हो । यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा  नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

    हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड​ले  २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न चैत्र २५ गते सेबोनमा निवेदन दिएको हो । यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। 

    यसैगरी सिटी होटेलले १०० अंकित दरका कुल १६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न चैत्र ३० गते सेबोनमा निवेदन दिएको हो ।  यसको आईपीओ बिक्री प्रबन्धकमा पनि ग्लोबल आइएमई क्यापिटल नै रहेको छ। 

     


    images
    images

    Logo