images
images

नेपाल टेलिकमको स्प्रिङ अफर, यस्ता छन् डाटा प्याक र सेवा सुविधा


  • 313
    SHARES
  • २०७९ बैशाख ४ गते आइतबार

    नेपाल टेलिकमको स्प्रिङ अफर, यस्ता छन् डाटा प्याक र सेवा सुविधा

    काठमाडौं ।  नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल नेट भ्वाइस प्याकसहितको स्प्रिङ अफर ल्याएको छ । यो अफर सोमबारदेखि उपलब्ध हुने कम्पनीका जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    जसअनुसार कम्पनीले ५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरू समावेश गरेको छ । अबदेखि ९९९ रुपैयाँ र १४९९ रुपैयाँ का प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।  यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा प्याक अवधिमा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ ।

    स्प्रिङ अफर अन्तर्गत कम्पनीको सेवाबाट अन्य सेवा प्रदायकको नेटवर्कमा न्यूनतम महशुलमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक उपलब्ध गराइएको छ । कम्पनीले भनेको छ, ‘सेवाग्राहीहरुको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सस्तो कम्बो प्याकहरूलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएका छन् । ग्राहकहरुको रुचि अनुसारका केही प्याकहरूको मूल्य अझै कम गरिएको छ ।’

    यी बाहेक कम्पनीको नेटवर्कमा र अन्य नेटवर्कमा समेत कुराकानी गर्न सकिने विभिन्न प्याकहरू उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले  डायल गर्नुपर्ने हुन्छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने जनाइएको छ । 


    images
    images

    Logo