काठमाडौं । ३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार सुचीकृत हुने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त, छिमेक लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस शेयर बापत २ लाख ५ हजार ९ सय ५५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । छिमेक लघुवित्तको २७ प्रतिशत बोनस शेयर बापत ४९ लाख ४१ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
त्यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ७.७० प्रतिशत बोनस शेयर बापतको ६ लाख ८५ हजार ४ सय १ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।