images
images

बढ्ने आधार हुँदाहुँदै किन घट्यो आजको शेयर बजार ?


  • 1.3K
    SHARES
  • २०७९ बैशाख ४ गते आइतबार

    बढ्ने आधार हुँदाहुँदै किन घट्यो आजको शेयर बजार ?

    काठमाडौं । नयाँ वर्षको पहिलो दिन शेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । बजार परिसूचक आज २९.६० अंकले घटेर २ हजार ३ सय ८५ दशमलव ६४ अंकमा झरेको हो । 

    कारोबारको सुरुमा बजार बढ्न लागे पनि बजारमा लगानीकर्ताको मनाबल उच्च हुन नसक्दा बजार परिसूचक घटेर बन्द हुन पुगेको हो । आज बजारमा १ सय ६७ कम्पनीको शेयरमूल्य घटेको छ ।

    बजारलाई वृद्धि गर्ने सकारात्मक आयामहरु बजारमा प्रशस्त हुँदा पनि शेयर बजार बढ्न नसकेको हो । नयाँ महिनामा बैंक तथा वित्तीय संस्थाको व्याजदर नबढेको, चुनावी खर्चले बजार तरल बनेको र सरकारी खर्च बढ्दै गएको परिप्रेक्षमा समेत नयाँ सालको पहिलो दिनलाई बजारले सकारात्मक रुपमा लिन नसकेको हो । फलस्वरुप २३ सयको लाइनमा झरेर उक्लिएको बजार फेरि सोही लाइनमा झरेको छ । 

    आज बजारमा १ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । यो तुलनात्मक रुपमा निकै कमजोर अवस्था हो । आज होटल, फाइनान्स र पर्यटन समूहका कम्पनीले धेरै गुमाएका छन् ।

    लगानीकर्ताहरु अहिले पनि अर्थतन्त्रको बिग्रँदो अवस्थाको ह्याङओभरमा छन् । विवेकशील लगानीकर्ताहरु भने चैत मसान्तको वित्तीय विवरणको प्रतीक्षा गरिरहेका छन् ।  यही कारणले नयाँ वर्षको पहिलो दिन पनि शेयर बजार बढ्न नसकेको हो । 


    images
    images

    Logo