काठमाडौं । एफपीओ जारी गर्नका लागि २ कम्पनी धितोपत्र बोर्डको पाइपलाईनमा रहेका छन् । समता घरेलु लघुवित्त र उन्नति सहकारी लघुवित्तले एफपीओ जारी गर्नका लागि सेबनमा आवेदन दिएका छन् ।
उन्नति सहकारी लघुवित्तको २ करोड ८३ लाख ७३ हजार ७ सय ३७ दशमलव ६७ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४ सय ५१ कित्ता एफपीओ जारी गर्नका लागि बोर्डसगँ अनुमति मागेको हो ।
त्यस्तै, समता घरेलु लघुवित्तको ४ करोड ६० लाख ४१ हजार २ सय २० दशमलव ८० रुपैयाँ बराबरको २ लाख ८९ हजार ४ सय ४० कित्ता एफपीओ जारी गर्नका लागि बोर्डसगँ अनुमति मागेको हो ।