काठमाडौं । अध्यागमन विभागले पर्यटकहरुलाई अनअराइभल भिसाका लागि नगद नै बाेकेर आउन आग्रह गरेको छ । अध्यागमन कार्यलयले सुचना जारी गर्दै उक्त निर्णय गरेको हो ।
कार्यलयले विद्युतिय भुक्तनी प्रकियामा केही समस्या भएको भन्दै पर्यटकहरुलाई अनअराइभल भिसाका लागि २ सय अमेरिकी डलर बोकेर आउन अनुरोध गरेको छ ।
विमानस्थलमा एउटामात्र एटिएम कार्ड रहेको र धेरै भिडभाड हुने भएकाले भिजा कार्ड र मास्टर कार्डबाट पैसा निकाल्न कठिन हुने भन्दै अध्यागमनले यस्तो निर्णय गरेको छ ।
कोरोनाका कारण रोकिएको पर्यटक आवागमन पछिल्लो समय बढ्दै गएको छ । तर विमानस्थलभित्र एउटा मात्रै एटीएम मेसिन भएकाले पर्यटकहरुलाई भुक्तानीका लागि लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गर्नका लागि पनि यस्तो नियम गरिएको कार्यलयले जनाएको छ ।