काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको हो।
सेबोनले चैत्र २९ गते ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बैंकले १ हजार रुपैया अंकित दरका कुल २२ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। बैंकले सर्वसाधारणका लागि ८ लाख ८० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १३ लाख २० हजार कित्ता बिक्री गर्नेछ ।
यस ऋणपत्र १० वर्षे अवधिको हो भने वार्षिक १०.५ प्रतिशत ब्याज पाइन्छ । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।