काठमाडौं । अमेरिकाले नेपाललाई ७९ अर्ब रुपैयाँ बराबरकाे अनुदान दिने भएकाे छ । मन्त्रिपरिषद्काे बुधबारकाे बैठकले उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेकाे छ । यसबाहेक सरकारले विश्व बैंकबाट १८ अर्ब रुपैयाँ बराबरकाे सहुलियतपूर्ण ऋण सहयाेग समेत स्वीकार गरेकाे छ । याेसहित चैत ३० गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ७ वटा निणर्यहरु गरेको छ ।