images
images

युक्रेनले डुबायो रुसी सेनाको पानीजहाज, रुसी सेनालाई दोस्रो विश्वयुद्धपछिकै ठूलो धक्का


  • 698
    SHARES
  • २०७९ बैशाख २ गते शुक्रबार

    युक्रेनले डुबायो रुसी सेनाको पानीजहाज, रुसी सेनालाई दोस्रो विश्वयुद्धपछिकै ठूलो धक्का

    एजेन्सी । युक्रेनको क्षेप्यास्त्र प्रहारबाट रुसी सेनाको पानीजहाज समुन्द्रमा डुबेको छ । युक्रेनले बुधबार गरेको आक्रमणबाट क्षतिग्रस्त पानीजहाज समुन्द्रमा डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मस्क्भा नामक उक्त लडाकू पानीजहाजलाई आफूले क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले दाबी गरेको थियो । 

    सो लडाकू पानीजहाज रुसी सेनाको शक्तिको प्रतीकको रुपमा रहेको थियो। सो जहाजमा रुसका ५ १० जना सेना थिए । युक्रेनले बुधबार नै यो जहाजलाई क्षतिग्रस्त बनाएको जनाएको थियो । तर रुसले भने आगलागीका कारण क्षतिग्रस्त रहेको जहाज तानेर किनारामा लैजाने क्रममा खराब मौसमका कारण डुबेको र त्यहाँ रहेका सबैलाई अर्को जहाजमा सारेको जनाएको छ । 

    मस्कोले पानीजहाज युक्रेनका कारण डुबेको स्वीकार नगरे पनि यो ध्वस्त भएको र डुबेको विषयले रुसी सेनाको क्षमतामा धक्का पुगेको छ । 

    १२ हजार टन तौलको उक्त पानीजहाज दुश्मनको कारबाहीमा डुब्ने द्वितीय विश्वयुद्ध यताकै सबभन्दा ठूलो भएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

    यो जहाज तत्कालीन सोभियत सङ्घ रहेको बेला सन् १९८० को दशकमा युक्रेनमै बनेको थियो जसलाई रुसी सेनाले युक्रेनकै सैन्य कारबाहीका लागि प्रयोग गर्दै आएको थियो । यसअघि सिरियामा भएको रुसी सैन्य अभियानमा समेत यही जहाजको प्रयोग गरिएको थियो ।


    images
    images

    Logo