images
images

सार्वजनिक यातायातमा भाडा समायोजन


  • 506
    SHARES
  • २०७९ बैशाख २ गते शुक्रबार

    सार्वजनिक यातायातमा भाडा समायोजन

    काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ ।

    नयाँ भाडादरअनुसार काठमाडौँ उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम  २० रुपैयाँ पुगेको छ । यसअघि न्यूनतम १८ रुपैयाँ थियो । न्यूनतम भाडा १८ रुपैयाँ भए पनि यात्रु  २० रुपैयाँ तिर्न बाध्य भएको बताइएको छ । त्यस्तै १० किलोमिटरसम्म  २५, १५ किलोमिटरसम्म  ३०, २० किलोमिटरसम्म  ३३ र २० किलोमिटरभन्दा माथि  ३८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

    यस्तै ट्याक्सीमा सुरुको न्यूनतम ५० रुपैयाँ र प्रति मिटरको भाडा १० रुपैयाँ कायम गरिएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १ रुपैयाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति मिटरको हकमा १३ कायम गरिएको छ । 

    पछिल्लोपटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य पाँच प्रतिशत वा त्योभन्दा धेरै वा कम भएका प्रदेशभित्र सञ्चालन हुने गाडीमा भाडा समायोजन गर्ने बताइएको छ ।

     बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णयअनुसार भाडादर समायोजन गरिएको हो । भाडा समायोजनसँगै नयाँ आर्थिक वर्षमा सार्वजनिक यातायातमा नगदरहित गराउनका लागि कार्डको प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।

     


    images
    images

    Logo