images
images

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बैशाख ११ गतेदेखि


  • 428
    SHARES
  • २०७९ बैशाख २ गते शुक्रबार

    बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बैशाख ११ गतेदेखि

    काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बैशाख ११ गतेदेखि आउने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले सर्वसाधारण शेयरधनीका लागि १० लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ ।

    निष्काशन गरिने शेयर मध्ये आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं. ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९का स्थानिय बासिन्दाहरुका लागि ७ लाख कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ३ लाख कित्ता शेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

    उक्त आईपीओमा छिटोमा बैशाख २५ गते र ढिलोमा जेठ ९ गतेसम्म आवेदन दिन सकिनेछ। सो आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

    आईपीओमा सानिमा बैंकको बिरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ्ग शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेशिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेशिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ। 

     


    images
    images

    Logo