काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायीहरुलाई स्क्रन एग्जिविशन कक्ष खुला गर्ने निर्देशन दिएको छ ।
धितोपत्र बोर्डले विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै धितोपत्र दलाल व्यवसायीको कार्यालयमा भिडभाड नहोस् भन्ने अभिप्रायले स्क्रिन एग्जिविशन कक्ष बन्द गराएको थियो ।
हाल कोरोना भाइरसको संक्रमण दर न्यून भई नेपाल सरकारले कोरोना भाइरसको जोखिमको समयमा पूर्ण वा आंशिक रुपमा बन्द गरेका अधिकांश क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो गरिसकेकोले धितोपत्र दलाल व्यवसायीहरुकोसुचारु गर्न बोर्डले सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिएको छ ।
त्यस्तै, कारोवार समयमा नै फ्लोर सिटमार्फत् कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेकोमा उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट बोर्डमा सुझाव तथा गुनासो प्राप्त भएकोले धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी उक्त विवरण कारोवार समयपश्चात् प्रवाह गर्ने व्यवस्था गर्न बोर्डले नेप्सेलाई पत्राचार गरेको छ ।



