काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिश्वेश्वर प्रसाद कोइराला आर्दश माध्यमिक बिद्यालय रौतहटका प्रधानाध्यापक राकेश कुमार ठाकुरलाई ३ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । बुधबार आयोगले ठाकुरलाई घुस लिइरहेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।
ठाकुरसहित दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपन्द्र कुमार झालाई पक्राउ गरेको छ । करार अवधि थप गर्नको लागि सेवाग्राहीसगँ घुस मागेको आरोपमा अख्तियारले दुबैलाई पक्राउ गरेको हो ।