काठमाडौं । आज ३ वटा कम्पनीको साधारणसभा हुँदैछ । बुधबार प्रभु इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र साल्ट ट्रेडिङ कर्पोरेशनले साधारण सभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ११प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले प्रभु कम्प्लेक्स तिनकुने काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ ।
त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले चुक्त पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीको सभा बिहान १०ः३० बजे नेपाल टुरिजम बोर्ड, भृकुटी मण्डप काठमाडौंमा गर्ने भएको छ ।
त्यसैगरि, साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले सोल्टी होटेल ताहाचल काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ ।



