काठमाडौं । उपकार लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आज साँझ ५ बजेसम्म आवेदन दिन सकिन्छ ।
लघुवित्तले चैत २५ गते देखि सर्वसाधारणलाई २ लाख ३६ हजार कित्ता शेयर जारी गरेको थियो । जसमध्ये २ लाख ३६ हजार कित्ता शेयर मध्ये ३ हजार २ सय ८१ कित्ता कर्मचारीका लागि र ११ हजार ८ सय १३ कित्ता सामूहिक लागनी कोषका लागि छुट्याएको छ । र बाँकी २ लाख २१ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्ने भएको छ ।
संस्थाका कर्मचारी र सामुहिक लगानी कोषका बाहेक यो शेयर २२ हजार १ सय जनालाई वितरण गर्न पर्याप्त हुन्छ । उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्।



