images
images

श्रीलंकाद्वारा विदेशी ऋण नतिर्ने घोषणा, आईएमएफसँग सहयोग माग्यो


  • 598
    SHARES
  • २०७८ चैत्र २९ गते मंगलबार

    श्रीलंकाद्वारा विदेशी ऋण नतिर्ने घोषणा, आईएमएफसँग सहयोग माग्यो

    क्वालालम्पुर । विदेशी मुद्रा सञ्चिति अभावका कारण आर्थिक संकट झेलिरहेको श्रीलंकाले विदेशी ऋण नतिर्ने घोषणा गरेको छ । ऋण तिर्दा अत्यावश्यक सेवा आपूर्ति गर्ने रकम समेत नहुने भएपछि श्रीलंकाले हात उठाएको हो । ऋण नतिर्ने भएपछि श्रीलंकाका लागि तत्काल खाद्यान्न आपूर्तिको समस्या हुनेछैन । 

    श्रीलंकाको अर्थ मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तीमा अहिले भएको ऋण भुक्तानीसम्बन्धी सबै संरचनाहरुलाई निलम्बन गरेको उल्लेख गरिएको छ । मन्त्रालयले अन्तराष्ट्रिय मुद्रा कोषसँग सहयोग प्याकेजको माग समेत गरेको छ । ज

    सन् २०२२ मा ७ अर्ब डलर तिर्नुपर्ने ऋण मात्रै छ । सो देशको चालु खाता घाटा ३ अर्ब डलर रहेको छ । त्यहाँको सरकारले अप्रिल १८ मा सन् २०२३ डलर बन्डका लागि ३६ मिलियन डलर तथा सन् २०२८ बन्डका लागि ४२.२ मिलियन डलर ब्याज भुक्तानी गर्नुपर्नेछ । १ अर्ब डलर बराबरको बन्ड २५ जुलाईमा परिपक्व हुँदैछ ।

    यतिबेला श्रीलंकामा महँगी दर २० प्रतिशतले बढिसकेको छ भने दैनिक १३ घण्टा लोडसेडिङ भइरहेको छ । यो श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएपछिको सबैभन्दा खराब अवस्था हो ।


    images
    images

    Logo