काठमाडौं । भक्तपुरको सागाबाट जगातीतर्फ आउदैँ गरेको मोटरसाइकल दुर्घटना हुदाँ एक नाबालिकको मृत्यु भएको छ । मृृत्यु हुनेमा ४ महिनाकीे लोसाङ डोल्मा तामाङ रहेकी छिन् । मृतक बालिकाको बुबा बुद्ध तामाङले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । मंगलाबार बिहान ४ बजेतिर दुघटना हुदाँ लोसाङ गम्भिर घाइते भएकी हुन् ।
लोसाङको उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको छ । र लोसाङीकी आमा सुस्मिता तामाङ र बुबा बुद्ध तामाङलाई भने डा. ईवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको छ ।