काठमाडौं । आज सुन एकैदिन ८ सय रुपैयाँले बढेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोवार भएको छ ।
सोमबार प्रतितोला १ लाख १ सय रुपैयाँमा कारोवार भएको सुन आज ८ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोवार भएको छ । चाँदीको मुल्यमा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।