images
images

उपकार लघुवित्तको आईपीओमा आवेदन दिने समय थप


  • 842
    SHARES
  • २०७८ चैत्र २९ गते मंगलबार

    उपकार लघुवित्तको आईपीओमा आवेदन दिने समय थप

    काठमाडाैं । उपकार लघुवित्तको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले सर्वसाधारण शेयरधनीका लागि छुट्याएको २ लाख ३६ हजार कित्ता शेयरमा आवेदन दिने समय थप गरिएको हाे । 

    चैत २७ गते राम नवमीको सार्वजनिक विदा दिएकाले कम्पनीले आइपीओमा आवेदन दिने समय १ दिन थप गरेको छ । जसअनुसार कम्पनीको आईपीओमा भोली चैत ३० गते कार्यलय समयभित्र आवेदन दिन सकिनेछ । लघुवित्तले चैत २५ गते देखि सर्वसाधारणलाई २ लाख ३६ हजार कित्ता शेयर जारी गरेको थियो । 

    जसमध्ये २ लाख ३६ हजार कित्ता शेयर मध्ये ३ हजार २ सय ८१ कित्ता कर्मचारीका लागि र ११ हजार ८ सय १३ कित्ता सामूहिक लागनी कोषका लागि छुट्याएको छ । र बाँकी २ लाख २१ हजार कित्ता शेयर सर्वसाधारणको लागि  बिक्री गर्ने भएको छ ।

    आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्।


    images
    images

    Logo