images
images

भन्सार छलेर ल्याएको सामानसहित दुई पक्राउ


  • 305
    SHARES
  • २०७८ चैत्र २९ गते मंगलबार

    भन्सार छलेर ल्याएको सामानसहित दुई पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले  २३ लाख ५५ हजार ३ मूल्य बराबरको कपडासहित काठमाडौं महानगरपालिका–१४ बस्ने नीरज अग्रवाल र काठमाडौँ महानगरपालिका–१८ बस्ने सन्दीप कुमारलाई पक्राउ गरेको हो  । 

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भन्सार छली गरेर ल्याएको लत्ताकपडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

    उक्त कपडा अग्रवालले काठमाडौं महानगरपालिका–२४ असनस्थित सञ्चालन गरेको हनुमान ट्रेड कन्सर्न पसलको गोदाममा फेला परेको प्रवक्ता मैनालीले बताए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo