images
images

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कति जनाले पाए आईपीओ ?


  • 427
    SHARES
  • २०७८ चैत्र २९ गते मंगलबार

    बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कति जनाले पाए आईपीओ ?

    काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट आज भएको छ । उक्त कम्पनीको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट भएको हो ।

    बलेफी हाइड्रोपावरले चैत १६ गतेदेखि सर्वसाधारणका लागि १८ लाख २७ हजार कित्ता शेयर निष्काशन गरेको थियो । कूल निष्काशन मध्ये ७३ हजार १ सय १९ कित्ता शेयर कर्मचारीका लागि र ९१ हजार ३ सय ९८ कित्ता शेयर सामुहिक लागानी कोषको लागि  छुट्याए र बाँकी १६ लाख ६३हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई बाँडफाँट गरिएको हो।

    कम्पनीको आईपीओमा २१ लाख ७१ हजार ७ सय ४० जना आवेदकको २ करोड ४४ लाख ७ सय कित्ताका लागि आवेदन परेकोमा २१ लाख ६८ हजार १ सय  जनाको मात्रै आवेदन स्वीकृत भएको छ ।

    उक्त आईपीओ १० कित्ताका दरले बाँडफाँट गर्दा १ लाख ६६ हजार ३ सय ४५ जनाले मात्रै पाएका छन् । ३ जनालाई भने ११ कित्ताका दरले दिईएको क्यापिटलले जनाएकाे छ । उक्त आईपीओको नतिजा सीडीएससी आईपीओ नतिजा, ग्लोबल आईएमई क्यापिटल र मेरो शेयरबाट हेर्न सकिन्छ।


    images
    images

    Logo