काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कामको सिलसिलामा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि शेयरमा आरक्षण दिने बताएका छन् । सोमबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि शेयरमा आरक्षण दिने बताएका हुन् ।
रोजगारीका लागि विदेशमा रहेका नेपालीहरुका लागि आइपीओ र एफपीओमा आरक्षण दिने बताए । मन्त्री शर्माले उल्लेख गरे । साथै उनले साे कार्यका लागि सरकारले आवश्यक प्रकृया सुरु गरेको पनि बताएका छन् ।