images
images

पृथ्वीबहादुरलाई म चिन्दा पनि चिन्दिँन, नातागोताको कुरै छाडिदिनुस् : अर्थमन्त्री


  • 595
    SHARES
  • २०७८ चैत्र २८ गते सोमबार

    पृथ्वीबहादुरलाई म चिन्दा पनि चिन्दिँन, नातागोताको कुरै छाडिदिनुस् : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पृथ्वीबहादुर शाहसँग आफ्नो नाता रहेको विषय अस्वीकार गरेका छन् । उनले पृथ्वीबहादुर शाहलाई आफूले चिन्दा पनि नचिन्ने भन्दै नातागोता हुने कुरै नभएको बताए । 

    अर्थमन्त्री भएपछि आफूले सबैको कुरा सुन्नुपर्ने भन्दै पृथ्वीबहादुर शाह आएर रोइकराइ गरेपछि के हो हेर्नुस् है भनेर सम्बन्धित निकायलाई भनेको उनले प्रष्टिकरण दिए । 

    उनले अर्थतन्त्रसँग सम्बन्धित विषय आफूकहाँ आएपछि आफूले सम्बन्धित निकायमा पठाउनु आफ्नो धर्म भएको भन्दै शाहको सम्बन्धमा समेत त्यही भएको बताए ।

    पृत्वीबहादुर शाहको रकम नेपाल राष्ट्र बैंकले अवैध भन्दै रोकिदिएपछि अर्थमन्त्री जनार्दन शर्माले छुटाउन दबाब दिएको र त्यो नमान्दा उनीमाथि कारबाही गरिएको चर्चा छ । 


    images
    images

    Logo